बिहीबार तालफुटेघाटस्थित दरौदी नदीमा मलामी गएका नेपालीलाई नुहाउने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ ।
गोरखा — अजिरकोट गाउँपालिका-४ झ्याँवाका ४० वर्षीय शम्शेर नेपाली दरौदी नदीमा बेपत्ता भएका छन् ।
बिहीबार तालफुटेघाटस्थित दरौदी नदीमा मलामी गएका नेपालीलाई नुहाउने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ । बिहीबारदेखि नै उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
अस्थायी प्रहरी पोष्ट चनौटे र ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता नेपालीको शुक्रबार बिहानदेखि फेरि खोजी कार्य सुरु गरेको उनले बताए ।
