निःशुल्क पाइने खोप विरामी आफैंले खरिद गरेर प्रदेश अस्पताल गोरखामा पुगेर लगाउने गरेका छन् ।
गोरखा — बिरालोले चिथोरेपछि गोरखा अस्पताल पुगेका गोरखा नगरपालिका–६ सालवोटका सुकबहादुर वसेललाई चिकित्सकले रेविजविरुद्धको खोप लगाउन सुझाए । बुधबार अस्पतालको फार्मेसीमा रेविजविरुद्धको खोप अभाव रहेको जानकारी पाएपछि वसेलले ६ सय रुपैयाँ खर्चेर नजिकैको मेडिकलबाट गरिद गरे ।
‘अस्पतालको फार्मेसीमा खोप लिन जाादा यहाँ छैन, बाहिर किन्नुपर्छ भनेर फर्कनुपर्यो,’ उनले भने,‘बाहिर मेडिकलमा किनेर अस्पताल आएर खोप लगाए ।’ सदरमुकामको सरकारी अस्पतालमा रेविजविरुद्धको खोप लामो समयसम्म अभाव भएपछि विरामीलाई निजी मेडिकलमा पुगेर खरिद गर्नुपर्ने बाध्यता थपिएको हो ।
प्रदेश अस्पताल गोरखामा कुकुर, विरालोले टोकेका विरामी दैनिक ३ जनासम्म आउाछन् । रेविजविरुद्धको खोप लगाउन सरकारी अस्पताल आएका विरामीले खोप भने निजी मेडिकलमा पुगेर किन्नुपर्ने बाध्यता रहँदै आएको छ । डेड वर्षयता रेविजविरुद्धको खोप पर्याप्त नहुादा समस्या थपिएको प्रदेश अस्पताल गोरखाका निमिक्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट शभ्भु अधिकारीले बताए ।
अस्पतालमा रेविजविरुद्ध लगाउने खोप गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत आपुर्ती केन्द्रले पठाउने गरेको छ । ‘प्रदेशबाट रेगुलर खोप आउँदैन, आवश्यक भन्दा कम पठाउनुहुन्छ,’ उनले भने,‘निशुल्क उपलब्ध गराउनुपर्ने भएकाले अस्पतालले टेण्डरमार्फत खरिद गरेर ल्याउन नमिल्ने अवस्था छ, यसो हुँदा खोप अभाव देखिन्छ ।’
एक सातायता अस्पतालमा खोप अभाव रहेको उनले बताए । ‘यो समस्या त डेढ वर्षदेखि नै देखिएको हो, तर पनि मन्त्रालय धाएर जति सकिन्छ ल्याएर उपलब्ध गराउादै आएका थियौं,’ उनले भने,‘अहिले फेरि सर्टेज देखिएको छ ।’ कुकर र विरालोले टोकेर धेरैजसो विरामी रेविजविरुद्धको खोप लगाउन आउने गरेका छन् । सरकारी अस्पताल आएका विरामी निजि मेडिकलमा पुगेर खोप खरिद गर्नुपर्ने बाध्यता थपिएपछि आक्रोश पोख्दै आएका छन् ।
