गोरखा बसपार्कबाट रतुवा मृगको उद्धार

उद्धार गरिएको मृगलाई प्राकृतिक वासस्थानमा छाडिएको डिभिजन वन कार्यालय गोरखाको प्रमुख मदन मोहन शान्डिल्यले बताए ।

असार १६, २०८३

हरिराम उप्रेती

Red deer rescued from Gorkha Bus Park

गोरखा — गोरखाको बसपार्कमा घरभित्र छिरेको रतुवा मृगको उद्धार गरिएको छ । मंगलबार बिहान बसपार्कको एक पसलभित्र छिरेको मृगको डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको हो । 

उद्धार गरिएको मृगलाई प्राकृतिक वासस्थानमा छाडिएको डिभिजन वन कार्यालय गोरखाको प्रमुख मदन मोहन शान्डिल्यले बताए ।

Red deer rescued from Gorkha Bus Park

वस्ती छिरेको मृग करिब पाँच महिना उमेरको रहेको पनि उनले बताए । ‘हावाहुरी, पानी पर्दा वस्ती छिर्न सक्छ, माउसँग छुट्टिएपछि बाटो बिराएर पनि आएको हुनसक्छ,’ उनले भने । उक्त मृगलाई सुरक्षित साथ उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको उनले बताए । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully