लामखुट्टे भगाउन बालेको धुनी सल्किँदा गोठ जल्यो

घरबाट करिब ३० मिटरको दुरीमा रहेको काठ र जस्ताले छाएको गोठमा लामखुट्टे भगाउन बालेको धुनी हावाले फैलिँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

असार १६, २०८३

हरिराम उप्रेती

A cowshed was set on fire when a mosquito-repellent lamp caught fire.

गोरखा — लामखुट्टे भगाउन बालेको धुनी सल्किएर भीमसेन थापा–२ काउलेका झण्डबहादुर लामिछानेको गोठमा पूर्णरुपमा क्षति पुगेको छ ।

घरबाट करिब ३० मिटरको दुरीमा रहेको काठ र जस्ताले छाएको गोठमा लामखुट्टे भगाउन बालेको धुनी हावाले फैलिँदा आगलागी भएको प्रहरीले जनाएको छ । 

सोमबार राति भएको आगलागीबाट गोठमा रहेको १ भैंसी, १ पाडो, ४ बाख्रा, ३ वटा बोका मरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । राति दुई बजेतिर सल्किएको आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो ।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully