रास्वपा गोरखाको सभापतिमा पुनः रोकाहा

आइतबार भएको अधिवेशनबाट रोकाहा १ सय ७७ मतले विजयी भए । उनका निकटतम प्रतिस्पर्धी धुव्र अधिकारीले १ सय ५ मत ल्याएका थिए ।

जेष्ठ २५, २०८३

हरिराम उप्रेती

RSVP Gorkha chairmanship suspended again

गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको अध्यक्षमा सुवर्ण रोकाहा क्षत्री पुनः निर्वाचित भएका छन् । आइतबार भएको अधिवेशनबाट रोकाहा १ सय ७७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी धुव्र अधिकारीले १ सय ५ मत ल्याएका थिए ।

त्यस्तै, उपसभापतिमा सुकबहादुर तामाङ, सहसचिवमा योगेन्द्र जंग बस्नेत विजयी भए । सचिवमा मिलन राना निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा अन्जना काप्री, रिता श्रेष्ठ, विष्णु माया अगांई, सानुमैया नेपाली, सुमित गुरुङ र मन्जर अन्सारी निर्वाचित भए । त्यस्तै निर्वाचन क्षेत्र नं. १ को संयोजकमा गोविन्दप्रसाद पन्त र क्षेत्र नं. २ को संयोजकमा विश्वास पोखरेल छानिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully