ग्याला हिमालमा भेटिएको शवलाई सामागाउँस्थित साम्दोमा रहेको सशस्त्र प्रहरीको बीओपीमा ल्याएर राखिएको छ
गोरखा — चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित ग्याला हिमालनजिकै शव भेटिएको छ । आइतबार स्थानीय बासिन्दाले सामागाउँ प्रहरी चौकीमा हिमाल छेउमा शव भेटिएको जानकारी गराएका थिए । प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन ।
ग्याला हिमालमा भेटिएको शवलाई सामागाउँस्थित साम्दोमा रहेको सशस्त्र प्रहरीको बीओपीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । आइतबार शव भेटिएको ठाउँमा प्रहरी पुगे पनि भौगोलिक विकटताले उद्धारमा समय लागेको थियो ।
