आगामी आर्थिक वर्षको बजेटमा दुर्गम क्षेत्रमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिन माग गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
गोरखा — चुमनुव्री गाउँपालिकाले १३ वटा झोलुङ्गे पुल अति आवश्यक देखिएकाले बजेट ब्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समक्ष माग गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा दुर्गम क्षेत्रमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिन माग गरिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
वैशाख ९ मा बसेको कार्यपालिका बैठकले प्रदेश सरकारसँग झोलुङ्गे पुलको माग राखेको हो । चुमनुब्री–७ लारमा लार फुर्पे जोड्ने, वडा ७ राजेन गुम्बामा नाङ्ग्यू खोला, खाङसारमा खाङ्सार, चुमनुब्री–६ रेन्जममा रेन्जम दुम्चेत, चुमनुब्री–६ चुम्चेतमा उङगिलुङ खोला, चुमनुब्री–७ सर्दीमा गन्दी खोला, चुमनुब्री–५ बिहीमा बन्दुङ्गा धारकाङ झोलुङे पुल निर्माणका लागि गाउापालिकाले माग पेश गरेको हो ।
त्यस्तै चुमनुब्री–४ प्रोकमा प्रोकदेखि छाक झोलुङ्गे पुल, चुमनुब्री–३ न्याकमा छुलुङ खोला, चुमनुब्री–३ सिर्दिवासमा सिर्दिवास पाती, चुमनुब्री–३ फिलिममा यवाङ खोला, चुमनुव्री–३ सानो फिलिममा फ्राक्पा सानो फिलिम तथा चुमनुब्री–३ पातीमा संवाख खोला झोलुङ्गे पुल निर्माणको माग गरिएको हो ।
मनास्लुको हिरक महोत्सवमा सहभागी हुन आएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गाउँपालिका अध्यक्ष निमा लामाले पुल निर्माणमा बजेट ब्यवस्थापनको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
