नवलपुर उद्योग वाणिज्य संघद्वारा  विपत् व्यवस्थापन कोष स्थापना

संघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्दा लाग्ने शुल्कको ५ प्रतिशत रकम विपत् व्यवस्थापन कोषमा जम्मा गरिने संघका अध्यक्ष बुद्धिसागर पोख्रेलले बताए ।

वैशाख ६, २०८३

नवीन पौडेल

Nawalpur Chamber of Commerce and Industry establishes Disaster Management Fund

नवलपुर — पूर्वी नवलपरासीको नवलपुर उद्योग वाणिज्य संघले  आफ्ना सदस्यहरूका लागि विपत् व्यवस्थापन कोष स्थापना गरेको छ ।

संघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्दा लाग्ने  शुल्कको ५ प्रतिशत रकम विपत् व्यवस्थापन कोषमा जम्मा गरिने  संघका अध्यक्ष बुद्धिसागर पोख्रेलले बताए । 

सदस्यहरूको व्यावसायिक फर्ममा भैपरि आउने प्राकृतिक विपत् र व्यवसायीका समस्यमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो।  इच्छुक व्यावसायिक व्यक्तिहरूले विपत् व्यवस्थापन कोषमा सहयोग गर्न सक्नेछन्  । 

यसका साथै, नवलपुर उद्योग वाणिज्य संघले सदस्यहरूको एक लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्ने निर्णयसमेत गरेको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully