गोरखामा श्रम संस्कृतिले दियो गुरुङलाई जिम्मेवारी

हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गोरखामा जिल्ला भेला गरेर जिल्ला कार्यसमिति गठन गरेको हो ।

चैत्र २१, २०८२

हरिराम उप्रेती

Labor culture in Gorkha gave responsibility to Gurungs

गोरखा — श्रम संस्कृति पार्टीको गोरखा जिल्ला संयोजकमा फत्तबहादुर गुरुङ चयन भएका छन् ।

शनिबार गोरखा सदरमुकाममा भएको भेलाले गण्डकी गाउँपालिकाका गुरुङको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

जिल्ला सह–संयोजकमा राम जोशी, सचिवमा उज्वल थापा, सह–सचिवमा निर्मल परियार र लालबहादुर गुरुङ, कोषाध्यक्षमा रुपबहादुर गुरुङ, सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ छानिएका छन् ।

त्यस्तै सदस्यमा प्रेम गुरुङ, एलिजा गुरुङ, विकास गुरुङ, सुवास गैरे, प्रमिला थापा मगर, मनु गुरुङ, भेघराज गुरुङ र राम घले चयन भएका छन् । 

हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गोरखामा जिल्ला भेला गरेर जिल्ला कार्यसमिति गठन गरेको हो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully