मनास्लु क्षेत्रमा तत्काल पदयात्रा नगर्न प्रशासनको आग्रह

शनिबार सार्वजनिक सूचना मार्फत प्रतिकुल मौसम अवधिभर घरआँगन वरपरबाहेक लामो तथा छोटो दुरीका यात्रा र पदयात्रालगायतका योजना नबनाउन आग्रह गरेको हो ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

Administration urges people not to trek in Manaslu region immediately

गोरखा — मौसममा सुधार नआएसम्म मनास्लुलगायतका क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले सचेत गराएको छ । 

शनिबार सार्वजनिक सूचना मार्फत प्रतिकुल मौसम अवधिभर घरआँगन वरपरबाहेक लामो तथा छोटो दुरीका यात्रा र पदयात्रालगायतका योजना नबनाउन आग्रह गरेको हो । 

त्यस्तै अत्यावश्यक अवस्थामा यात्रा गर्न परेको अवस्थामा परिवारका सदस्यलाई यात्राबारे जानकारी गराएर मात्र निस्किन पनि आग्रह गरिएको छ । दुई दिनयता हावाहुरी आउने, चट्याङ पार्ने, भारी वर्षा तथा हिमपातले मौसम प्रतिकुल देखिएकाले सचेत रहन आग्रह गरिएको सहायक प्रमुख जिल्लाा अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

कान्तिपुर

Link copied successfully