हुरीले उडायो राइकोटेमा विद्यालयको छाना 

मध्यबिन्दु नगरपालिका वडा नम्बर १४ राइकोटेस्थित बालकल्याण आधारभूत विद्यालयको ३ कोठे भवनको छानो उडाएको हो ।

चैत्र ६, २०८२

नवीन पौडेल

Wind blows off roof of school in Raikote

नवलपुर — नवलपरासी पूर्वमा शुक्रबार दिउँसो आएको हावाहुरीले एक विद्यालयको छाना उडाएको छ । 

मध्यबिन्दु नगरपालिका वडा नम्बर १४ राइकोटेस्थित बालकल्याण आधारभूत विद्यालयको  ३ कोठे भवनको छानो उडाएको हो ।

पानीसहित आएको हावाहुरीले विद्यालयको छाना उडाएको मध्यबिन्दु नगरपालिका शिक्षा शाखाका प्रमुख पदमराज आचार्यले बताए । 

हावाहुरी आउँदा विद्यालय बिदा भइसकेको आचार्यले जानकारी दिए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully