जथाभावी लालगुराँस टिप्न रोक

सिरानचोक गाउँपालिकाअन्तर्गत सिरानचोककोट, श्रीनाथ मण्डली तथा चित्रेपोखरी आसपास क्षेत्रमा प्राकृतिक सौन्दर्यमा असर पर्ने गरी लालीगुराँसका बोटबाट फूल टिप्न, हाँगा भाँच्न र हुर्किरहेका नयाँ विरुवालाई क्षति पुर्‍याउने कार्य नगर्न आग्रह गरिएको छ ।

चैत्र ४, २०८२

हरिराम उप्रेती

Stop indiscriminate picking of redcurrants

गोरखा — सिरानचोक र अजिरकोट गाउँपालिकाले प्राकृतिक सौन्दर्यलाई असर पुग्ने गरी लालीगुराँस टिप्न रोक लगाएका छन् । 

सिरानचोक गाउँपालिकाअन्तर्गत सिरानचोककोट, श्रीनाथ मण्डली तथा चित्रेपोखरी आसपास क्षेत्रमा प्राकृतिक सौन्दर्यमा असर पर्ने गरी लालीगुराँसका बोटबाट फूल टिप्न, हाँगा भाँच्न र हुर्किरहेका नयाँ विरुवालाई क्षति पुर्‍याउने कार्य नगर्न आग्रह गरिएको छ । 

त्यस्तै अजिरकोट गाउँपालिकाले पनि लालिगुराँसका बोटबाट फूल टिप्ने कार्य नगर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । अजिरकोटअन्तर्गत सिरानडाँडा, भच्चेक, कालिका मन्दिर परिसर क्षेत्रमा फुलेका लालीगुँरासबाट फूल टिप्ने, हाँगा भाँच्ने गरेको पाइएको भन्दै यदि कोही कसैले लालीगुराँसका फूल टिप्ने, हाँगा भाँच्ने गरेको पाइए कानुनबमोजिम सख्त कारबाही हुने गाउँपालिकाले चेतावनी दिएको छ । 

सिरानचोक र अजिरको तथा धार्चे गाउँपालिकाको गुप्सीपाखा क्षेत्रमा अहिले थरीथरीका लालिगुराँस फुलेका छन् । वसन्त ऋतुको आगमनसँगै लालिगुराँस फुलेपछि यस क्षेत्रमा आन्तरिक पर्यटक पनि बढेका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully