मनकामनाबाट फर्कंदै गरेको ईभी भ्यान दुर्घटना

आँबुखैरेनी-मनकामना सडक खण्डअन्तर्गत कान्टारमा शनिबार साँझ बागमती प्रदेश ००६ ख ८४३० नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । तीर्थयात्री चढेको भ्यान मनकामनाबाट मजुवा आउँदै गरेको थियो ।

फाल्गुन ३०, २०८२

हरिराम उप्रेती

EV van accident while returning from Manakamana

गोरखा — मनकामना दर्शन गरेर फर्कंदै गरेको ईभी भ्यान दुर्घटना भएको छ । 

आँबुखैरेनी-मनकामना सडक खण्डअन्तर्गत कान्टारमा शनिबार साँझ बागमती प्रदेश ००६ ख ८४३० नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । तीर्थयात्री चढेको भ्यान मनकामनाबाट मजुवा आउँदै गरेको थियो । 

भ्यान सडकबाट करिव डेड सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा प्रहरी खटिएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully