प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ ।
गोरखा — जिल्ला निर्वाचन कार्यालय गोरखाले दुवै क्षेत्रका उम्मेदवारलाई चैत १५ भित्र निर्वाचन खर्च विवरण पेस गर्न आग्रह गरेको छ ।
निर्वाचन खर्च विवरण सार्वजनिक गरेर कार्यालयमा पेस गर्न आग्रह गरिएको हो । गोरखाका २ निर्वाचन क्षेत्रमा २५ जनाले उम्मेदवारी दिएका थिए । ‘निर्वाचन खर्च विवरण सार्वजनिक गरेर त्यसको जानकारी कार्यालयमा दिन भनेका छौं,’ कार्यालयको सूचनामा भनिएको छ,‘निर्वाचन खर्च विवरण, आम्दानी विवरण र निर्वाचनका लागि प्रयोग भएको खाताका विवरण पनि पेस गर्नुपर्ने हुन्छ ।’ खर्च विवरण सँगै प्रमाणहरु पनि पेस पर्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार खर्च विवरण पेस गर्नुपर्ने प्रावधान छ ।