कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् ।
पोखरा — कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । कास्की १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’, २ मा उत्तमप्रसाद पौडेल र ३ मा विना गुरुङ अगाडि छन्।
शुक्रबार बिहानसम्मको मतगणनामा कास्की १ मा रास्वपाका पौडेलले २ हजार ६ सय ५३ मत ल्याउँदा कांग्रेसका तिलक रानाभाटले १ हजार १ सय २३, एमालेका बैनबहादुर क्षेत्रीले १ हजार ५ सय र नेकपाका राजकाजी गुरुडले १ सय २९ मत ल्याएका छन् ।
कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेलले २ हजार ४ सय १७, एमालेका रश्मि आचार्यले १ हजार २ सय १४, कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ७ सय १७ र नेकपाका हेमवहादुर थापाले ९३ मत प्राप्त गरेका छन् ।
कास्की ३ मा रास्वपाकी विना गुरुडले हालसम्म २ हजार ७४, काग्रेसका मनोज गुरुङले ८ सय ९५, एमालेका दामोदर पौडेल वैरागीले ५ सय ६७ र नेकपाका गोपाल गिरीले १ सय १८ मत प्राप्त गरेका छन् । तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
