म्याग्दीमा महावीर पुनले झन् बढाए अग्रता

जारी मतगणनामा पुन ३ हजार ७ सय ४० मतसहित निकै अगाडि छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Mahabir Pun further increases his lead in Myagdi

म्याग्दी — म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । 

धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् । 

एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले पछ्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र कांग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् ।

कान्तिपुर

Link copied successfully