लमजुङमा कांग्रेसको अग्रता

एकमात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

फाल्गुन २२, २०८२

रासस

Congress leads in Lamjung

लमजुङ — एकमात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिएका छन्।

यस्तै नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ११०, नेकपाका उम्मेदवार हरिजङ्ग तामाङले ३४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत प्राप्त गरेका छन्। दूधपोखरी गाउँपालिका–४ मा रहेको दुई मतदान केन्द्रमा खसेको ४९५ मत गणना सम्पन्न भएको हो । 

जिल्लामा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो । यहाँ एक सय ३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेका थिए । यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए । रासस

रासस

Link copied successfully