उत्तरी गोरखाबाट मतपेटिका बोकेर उडेको सेनाको हेलिकोप्टर पोखरा अवतरण

खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकोप्टर पोखरामा अवतरण भएको हो ।

फाल्गुन २२, २०८२

हरिराम उप्रेती

Army helicopter carrying ballot boxes from North Gorkha lands in Pokhara

गोरखा — खराब मौसमका कारण उत्तरी गोरखाबाट मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकोप्टर पोखरा अवतरण भएको छ ।

चुमनुव्री–१ स्थित साम्दो र गौरीशंकर आधारभूत विद्यालयको मतपेटिका बोकेको हेलिकोप्टर पोखरामा अवतरण भएको हो । उत्तरी गोरखाको २३ मध्ये ७ वटा मतदान केन्द्रको मतपेटिका भने गोरखा ल्याइसकिएको छ । मौसम खराबीका कारण ती मतदान केन्द्रबाट मतपेटिका ढुवानी प्रभावित बनेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully