पर्वतमा ५३ प्रतिशत मत खस्यो

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै राति ९ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुग्ने जानकारी दिए ।

फाल्गुन २१, २०८२

सुमनजंग थापा

53 percent of votes were cast in Parbat

पर्वत — पर्वतमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार जिल्लामा कुल ५३.१८ प्रतिशत मत खसेको हो । 

कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद शर्माले ६६ हजार ७२७ मत खसेको बताए । जिल्लामा कुल १ लाख २५ हजार ४६६ मतदाता रहेका छन् । जसमध्ये महिलातर्फ ३२ हजार २११ र पुरुषतर्फ ३५ हजार २१६ जनाले मतदान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै राति ९ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुग्ने जानकारी दिए ।

पर्वतमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । यस क्षेत्रमा राजनीतिक दलका १३ जना र ४ जना स्वतन्त्र गरी कुल १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully