बाबुछोराको झगडापछि सवारी साधनमा आगजनी

झगडापछि घरमै पार्किङ गरिराखेको ००१ त ३१९३ नम्बरको ट्रयाक्टर र एउटा मोटरसाइकलमा आगजनी गरेर नारायण थापा फरार रहेका छन् ।

फाल्गुन १९, २०८२

नारायण शर्मा

Vehicle set on fire after father-son argument

नवलपरासी — गैंडाकोटमा एकै घरपरिवारका बाबुछोराको झगडापछि छोराले आफ्नै मोटरसाइकल र ट्रयाक्टरमा आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर ४ का ७५ वर्षका टोपबहादुर थापा र उनका छोरा नारायण थापाबीच सोमबार राती घरमै झगडा भएको थियो । 

झगडापछि घरमै पार्किङ गरिराखेको ००१ त ३१९३ नम्बरको ट्रयाक्टर र एउटा मोटरसाइकलमा आगजनी गरेर नारायण थापा फरार रहेका छन् । प्रहरीले राती नै आगो नियन्त्रणमा लिएको थियो । फरार रहेका थापाको खोजी भइरहेको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully