गोरखाका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार

‘सीसी क्यामेरा जडानसहित मतगणना स्थल तयार पारिसकेका छौं, मतपेटिका संकलनलगत्तै आयोगको निर्देशन र सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गर्छौं,’ गोरखा–२ का निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले भने ।

फाल्गुन १९, २०८२

हरिराम उप्रेती

Counting stations ready in both constituencies of Gorkha

गोरखा — जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार पारिएको छ । गोरखा–१ को निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिमा मतगणना स्थल तयार पारिएको हो । 

गोरखा–२ को निर्वाचन स्थल रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना स्थल तयार पारिएको छ ।

‘सीसी क्यामेरा जडानसहित मतगणना स्थल तयार पारिसकेका छौं, मतपेटिका संकलनलगत्तै आयोगको निर्देशन र सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गर्छौं,’ गोरखा–२ का निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले भने । मतपेटिका भण्डारण गर्ने ठाउँ पनि तय भइसकेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully