गोरखाको थालाजुङमा ब्याट्रीमा तार जोडिएको भेटियो

घटनास्थलमा नेपाली सेनाको रुद्रध्वज गणबाट बम डिस्पोजल टोली पुगिसकेको छ ।

फाल्गुन १५, २०८२

हरिराम उप्रेती

Wires found attached to battery in Thalajung, Gorkha

गोरखा — सिरानचोक गाउँपालिका-२ थालाजुङस्थित झिम्रेक महिपते मावि मतदान केन्द्रनजिक शंकास्पद वस्तु भेटिएको छ ।

शुक्रबार दिउँसो ब्याट्रीमा तार जोडिएको शंकास्पद वस्तु भेटिएको स्थानीयहरूले बताए । घटनास्थलमा नेपाली सेनाको रुद्रध्वज गणबाट बम डिस्पोजल टोली पुगिसकेको छ । 

घटनाको अनुसन्धान भइरहेको र शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको नेपाली सेनाले जनाएको छ । झिम्रेक महिपते मावि मतदान केन्द्रबाट करिब ३ सय मिटर दूरीमा बाटोको घुम्तीमा शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ ।

टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए । घटनाको अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully