पूर्वी नवलपरासी-१ मा प्रलोपाद्वारा कांग्रेसलाई समर्थन

प्रलोपाका जिल्ला इन्चार्ज पिताम्बर महतोद्वारा आइतबार जारी गरिएको अपिलमा नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसलाई समर्थन गर्ने उल्लेख छ।

फाल्गुन १०, २०८२

नवीन पौडेल

Pralopa supports Congress in East Nawalparasi-1

नवलपुर — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ ।

प्रलोपाका जिल्लाइन्चार्ज पिताम्बर महतोद्वारा आइतबार जारी गरिएको अपिलमा नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसलाई समर्थन गर्ने उल्लेख छ । 


पार्टीलेमतदातालाई कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरेलाई प्रत्यक्षतर्फ मतदान गर्न आग्रह गरेको छ।समानुपातिकतर्फ भने आफ्नै चुनाव चिह्न 'आँखा' मा मतदान गर्न आग्रह गरेको जिल्ला इन्चार्ज पिताम्बर महतोले बताए । 

पार्टीले सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आममतदातालाई लोकतन्त्र सुदृढ बनाउन चुनावमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरेको छ।

Pralopa supports Congress in East Nawalparasi-1

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully