दाउन्नेमा ट्रक दुर्घटनापछि महेन्द्रराजमार्ग एकतर्फी सञ्चालन

आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक एसमोड सडकमा पल्टिएको हो ।

फाल्गुन ३, २०८२

नारायण शर्मा

Mahendra Highway closed for one-way operation after truck accident in Daunne

नवलपरासी — महेन्द्रराजमार्गको दाउन्नेमा खाने तेल बोकेको ट्रक पल्टिँदा राजमार्गमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ ।

जिल्ला प्रहरीका अनुसार आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक एसमोड सडकमा पल्टिएको हो । 

बर्दघाट नजिक एसमोडमा ना ६ प ६५७५ नम्बरको ट्रक सडकमा पल्टिँदा तेल बाटोमा पोखिएको छ । 

प्रहरीका अनुसार राजमार्ग सहज बनाउने प्रयास जारी छ । 

तेल सडकमा पोखिँदा राजमार्ग चिप्लो भएर समस्या छ । जाम खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully