बागलुङमा स्कुल भ्यान दुर्घटना : घाइतेमध्ये थप एकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएकामा शनिबार गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो  ।

फाल्गुन २, २०८२

रासस

बागलुङ — बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्घटनामा मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरि अस्पताल बागलुङमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएकामा शनिबार गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो  । 

दुर्घटनाका घाइते अमन बोहोराको बिहीबार नै धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका थिए । 

धौलागिरि प्रादेशिक अस्पतालमा उपचाररत १४ जनामध्ये १२ जना उपचारपछि घर फर्किएको र दुई जनाको उपचार भइरहेको तिवारीले बताए । अन्य आठ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

रासस

Link copied successfully