मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन् ।
काठमाडौँ — पोखरा महानगरपालिका-६ पामे (गैह्राको चौतारा नजिक) स्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन् ।
शनिबार बिहान करिब २:१० बजे बी १५८२ नम्बरको कार अनियन्त्रित हुँदा तालमा खसेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे. क्वा. कालिकाले जनाएको छ ।
कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम लगिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुरको कमाण्डमा २१ जनाको टोली (डीएमसहित गोताखोर) घटनास्थल खटिएको थियो । गोताखोर टोलीले ती पुरुषलाई अचेत अवस्थामा तालबाट बाहिर निकाली थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो । उपचारको क्रममा चिकित्सकले बिहान ४:३४ बजे मृत घोषणा गरेका छन् ।
