देवचुली नगरपालिका-१४, देवचुलीमा बा २१ च ५१ को नम्बर स्कार्पियोले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री देबचुलीका रिफ्सन सुनारको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
पूर्वीनवलपरासी — स्कार्पियोले दिएको ठक्करबाट यहाँ एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार देवचुली नगरपालिका-१४, देवचुलीमा बा २१ च ५१ को नम्बर स्कार्पियोले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री देबचुलीका रिफ्सन सुनारको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका अर्का बालक १३ वर्षीय रिजन धितालको अवस्था सामान्य रहेको छ । प्रहरीले स्कार्पियो र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
