राजमार्गको मध्यबिन्दु त्यही रहेको जनाउ दिन उक्त स्तम्भ निर्माण गर्न लागिएको हो ।
नवलपरासी — पूर्वपश्चिम राजमार्गको मध्यबिन्दुमा स्तम्भ निर्माण गरिने भएको छ ।
राजमार्गको मध्यबिन्दु त्यही रहेको जनाउ दिन उक्त स्तम्भ निर्माण गर्न लागिएको हो । कावासोती र चोरमारा बीचको जंगलमा स्तम्भ निर्माण हुने भएको हो । राजमार्गको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १ हजार २८ किलोमिटर लम्बाई छ ।
उक्त दूरीको मध्य भागमा रहेको पालिकाको नाम मध्यबिन्दु नगरपालिका रहेको छ । राजमार्गसँगै जोडिएको जंगलमाको दक्षिण तर्फ स्तम्भ निर्माणको काम अघि बढेको हो ।
नारायणगढ–बुटवल सडक बिस्तार आयोजनाको पूर्वी खण्ड र मध्यबिन्दु नगरपालिकाको लगानीमा स्तम्भ बनाउने तयारी भइरहेको छ । आयोजनाको ८० र नगरपालिको २० प्रतिशत लगानी रहेको छ ।
स्तम्भ निर्माणका लागि सोमवार टेण्डर आव्हान गरिएको नगरपालिकाका ईन्जिनियर विवेक पोखरेलले जनाए। उनका अनुसार ४५ लाख खर्च गरेर स्तम्भ निर्माणका लागि टेण्डर आव्हान गरिएको हो ।
