बागलुङमा २५ वर्षपछि ‘महापरित्राण’ गरिँदै

बागलुङमा यसअघि ०५७ सालमा महापरित्राण गरिएको थियो ।

माघ २०, २०८२

प्रदीप पन्त

'Mahaparitran' being carried out in Baglung after 25 years

बागलुङ — बागलुङमा २५ बर्षपछि ‘महापरित्राण’ हुन लागेको छ । ज्ञानोदय बुद्ध बिहार बागलुङको आयोजनामा आगामी माघ २६ गते महापरित्राण हुन लागेको हो ।

२५ सय वर्षअघि गौतम बुद्धले अनुयायीलाई बुझ्ने गरी पाली भाषामा दिएको प्रवचनलाई महापरित्राण भन्ने गरिन्छ ।

बागलुङमा यसअघि ०५७ सालमा महापरित्राण गरिएको थियो । २५ वर्षपछि यसपाली गर्न लागिएको ज्ञानोदय बुद्ध बिहार बागलुङका अध्यक्ष लिलाम्बर बज्राचार्यले बताए ।  

देशभरका ४० जना भिक्षुहरुले महापरित्राणको २९ वटा सुत्र पाठसहित प्रवचन दिने गरी कार्यक्रम आयोजना गरिएको बज्राचार्यले बताए । ‘बुद्धको वाणी सबैसँग पुर्‍याउने गरी कार्यक्रम तय गरिएको छ,’ उनले भने, ‘यसबाट मानिसमा ज्ञान र ध्यानमा टेवा पुग्ने छ ।’ एक दिन हुने महापरित्राणमा १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 

प्रदीप

Link copied successfully