बागलुङ र पर्वतका दुई हजार आठ सय बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’

बालबालिकाको समग्र स्वास्थ्य र प्रतिरक्षा (युमिनिटी) प्रणालीलाई सबल बनाउन बागलुङमा ‘स्वर्णबिन्दु प्राशन’ (आयुर्वेदिक औषधि) कार्यक्रम सञ्चालन गरिएको छ ।

माघ १८, २०८२

प्रदीप पन्त

'Golden Point' distributed to 2,800 children from Baglung and Parbat

बागलुङ — यो परम्परागत आयुर्वेदिक औषधि भएको र यसलाई स्वर्ण (सुन)को भस्म, ब्राह्मी घृती, मह मिलाएर बनाउने गरिन्छ ।

धौलागिरी आयुर्वेद अस्पताल बागलुङले यस क्षेत्रका चार जिल्लाका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउन थालेको छ । अहिलेसम्म बागलुङ र पर्वतका दुई हजार आठ सय चार बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराएको धौलागिरी आयुर्वेद अस्पतालका निमित्त प्रमुख कमलविक्रम पौडेलले बताए ।

‘एकदेखि पाँच बर्ष उमेर समूहका बालबालिकालाई अहिलेसम्म चारपटक ‘स्वर्णबिन्दु प्राशन' गराएका छाैं,’ उनले भने, ‘यसले बालबालिकाको प्रतिरक्षा प्रणालीमा सुधार, स्मरण शक्ति र आयु समेत बढाउन सहयोग पुग्छ ।’ 

यो परम्परागत आयुर्वेदिक औषधि भएको र यसलाई स्वर्ण (सुन)को भस्म, ब्राह्मी घृती, मह मिलाएर बनाउने गरेको पौडेलले बताए । यो औषधि प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन बिहान ७ बजेदेखि १० बजेसम्म खुवाउने गरिएको छ । आगामी दिनमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्रामिण क्षेत्रसम्म पुगेर स्वर्णबिन्दु प्राशन खुवाउने तयारी आयुर्वेद अस्पतालले गरेको छ ।

प्रदीप

Link copied successfully