म्याग्दीबाट जनशक्ति थपेर बागलुङमा निर्वाचन प्रहरीको तालिम सुरु

बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो।

माघ १८, २०८२

प्रदीप पन्त

Election police training begins in Baglung with additional manpower from Myagdi

बागलुङ — फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि बागलुङमा तालिम सुरु भएको छ ।

बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो।  

निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए। बागलुङका लागि १ हजार २९८ जना निर्वाचन प्रहरी आवेदन माग गरेकोमा १ हजार ८६ जनाले पेश गरेको र अन्य २१२ जनालाई जिल्ला प्रहरी म्याग्दीबाट मगाएर तालिम दिन सुरु गरिएको बागलुङका प्रहरी प्रमुख एसपी तिलक भारतीले बताए । बागलुङका पाँच वटा स्थानमा निर्वाचन प्रहरीको लागि तालिम सुरु गरिएको छ । यो तालिम १० दिनसम्म सञ्चालन हुने छ ।

भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गल्कोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालयबाट तालिम दिन थालिएको हो । 

जिल्लामा निर्वाचनको समयमा अपुग हुने सुरक्षा जनशक्तिको लागि आवश्यक व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रदीप

Link copied successfully