पूर्वी नवलपरासीबाट ३ सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो ।

माघ १८, २०८२

नारायण शर्मा

300 election policemen sent from East Nawalparasi to Syangja

नवलपरासी — प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ ।

जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो ।

फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ।

तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको खड्काले जानकारी दिए। निर्वाचन प्रहरीकालागि आइतबारदेखि १० दिनको तालिम सुरु भएको छ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully