बागलुङका २९ वटा मतदानस्थल ‘अति संवेदनशील’

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ।

माघ १५, २०८२

प्रदीप पन्त

29 polling stations in Baglung 'highly sensitive'

बागलुङ — आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा २९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ।

जिल्लाभर १०७ मतदानस्थल रहेकामा २९ वटालाई अति संवेदनशील २५ वटा संवेदनशील र ५३ वटालाई सामान्य स्थलका रुपमा विभाजन गरिएको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले बताए। 

‘जिल्ला सुरक्षा समितिको बैठकले विगतको निर्वाचनको गतिविधि, मतदाताको संख्या, सुरक्षा संवेदनशीलता लगायतलाई आधार मानेर मतदानस्थललाई वर्गीकरण गरिएको छ,’ भारतीले भने । 

यसअघि जिल्लामा १०६ मतदानस्थल रहेकोमा यस पटक एक वटा थप भएसँगै १०७ मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालले बताए। 

बागलुङमा १ लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ४८ मतदानस्थलका ११५ वटा मतदान केन्द्रमा ९८ हजार ४६ जना र क्षेत्र नम्बर २ मा ५९ मतदानस्थलका ११५ वटा मतदान केन्द्रमा ९५ हजार ३३५ जना मतदाता छन् । 

प्रदीप

Link copied successfully