बिहानदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका कार्यबाहक अध्यक्ष धन बहादुर कायतले बताए ।
बागलुङ — बागलुङको उपल्लो क्षेत्र ढोरपाटनमा बुधबार बिहानदेखि भारी हिमपात भएको छ । ढोरपाटन उपत्यकाको–९ र निसीखोला गाउँपालिका–३ मा डेढ फिट अग्लो हिउँ परेको छ ।
बिहानदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका कार्यबाहक अध्यक्ष धन बहादुर कायतले बताए । ‘बाक्लो हिउँ परिहेको छ,’ कायतले भने, ‘यसले गर्दा यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।’
हिउँको कारण स्थानीयबासी घरभित्र सुरक्षित रुपमा बसेका छन् । हिमपातले ढोरपाटन उपत्यका लगाएका क्षेत्र सेताम्य भएका छन् । निसीखोला गाउँपालिकाको याङवाङ,पातीहाल्ने, नाङ, खानीखोला, निसेलढोर क्षेत्रमा हिमपात अहिले भइरहेको निसीखोला गाउँपालिका प्रमुख सुर्यबहादुर घर्तीले बताए ।
