हिमपातपछि मुस्ताङ र उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौँ — हिमपातपछि हिमालपारीको जिल्ला मुस्ताङ हिउँले ढाकिएको छ । हिमपातपछि मुस्ताङ र उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ । यतिबेला सशस्त्र प्रहरी हिउँ पन्छाउँदै बाटो खोल्न व्यस्त छन् ।
धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिर जाने मुख्यमार्गमा जमेको बाक्लो हिउँ हटाउने काम अहिले प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक विष्णु शर्माले बताए । जोखिमपूर्ण अवस्थामा पनि जवानहरू निरन्तर खटिँदा यात्रु र स्थानीयलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार मुक्तिनाथ जाने बाटो खुलाउने काम जारी छ । 'यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै हिउँ पन्छाउने काम गरिरहेका छौं,' उनले भने ।
![Mustang covered in snow [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/1000291448-2812026120940-1000x0.jpg&w=1001&h=0)