स्कुल बसले किच्दा बालिकाको मृत्यु

बसले विद्यालय ल्याउने क्रममा उक्त दुर्घटना भएको हो ।

माघ १२, २०८२

नारायण शर्मा

Girl dies after being hit by school bus

नवलपरासी — देवचुलीस्थित नेपाल माध्यमिक विद्यालयको बसले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका-१ स्थित उक्त विद्यालयको बसले किच्दा नर्सरीमा पढ्ने सुष्मा पासवानको ज्यान गएको हो । उनी सोही विद्यालयकी विद्यार्थी हुन् । 

बसबाट स्कुल झर्ने क्रममा खसेको झोला टिप्न खोज्दा ब्याक गरेको बसले उनलाई किचेको थियो । बसका चालकले बच्चा नदेखेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि देवचुली नगर अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully