तनहुँ-२ मा उज्यालो नेपालका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिए

निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकी नगरपालिकामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले बताए ।

माघ ९, २०८२

सम्झना रसाइली

Manraj Gurung of Ujjaya Nepal withdraws candidacy in Tanahun-2

तनहुँ — उज्यालो नेपालबाट तनहुँ–२ मा उम्मेदवारी दिएका मनराज गुरुङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकी नगरपालिकामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले बताए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ–२ मा  विभिन्न राजनीतिक दलका उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully