माघ २० सम्म हतियार बुझाउन आग्रह

बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि हातहतियार बुझाउन आग्रह गरिएको हो।

माघ ८, २०८२

हरिराम उप्रेती

Request to surrender weapons by Magh 20

गोरखा — जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभित्र व्यत्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त तथा अवैध हातहतियार बुझाउन आग्रह गरेको छ।

बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि हातहतियार बुझाउन आग्रह गरिएको हो ।

जिल्ला प्रहरी वा नजिकको प्रहरी इकाईमा माघ २० गतेसम्म हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको छ । तोकिएको समयभित्र हातहतियार नुझाए कारवाही हुने पनि चेतावनी दिइएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully