रास्वपा नेता परियार सवार गाडी तोडफोड

भीमसेन थापा–३ सिमलचौरमा पार्किङमा राखेको बागमती प्रदेश–०१ ०२५ च ७०३० नम्बरको कार बिहीबार राति तोडफोड भएको प्रहरीले जनाएको छ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

RSP leader Pariyar's vehicle vandalized

गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सवार गाडी तोडफोड भएको छ ।

भीमसेन थापा–३ सिमलचौरमा पार्किङमा राखेको बागमती प्रदेश–०१ ०२५ च ७०३० नम्बरको कार बिहीबार राति तोडफोड भएको प्रहरीले जनाएको छ । 

सवारी तोडफोड गर्नेको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । ‘माघे संक्रान्तिको दिन गाउामा मेला पनि रहेछ, राति करिब १० बजेतिर घटना भएको रहेछ, घटनाको बारेमा अनुसन्धानकै क्रममा छौं,’ उनले भने ।

तोडफोडबाट गाडीको पछाडिको भागको सिसा फुटेको उनले बताए । परियार शुक्रबार पार्टीको वडा अधिवेशनका लागि गोरखा पुगेका थिए। 

कान्तिपुर

Link copied successfully