जेनजी सहिद परिवारलाई पालुङटारद्वारा एक लाख सहयोग

जेनजी आन्दोलनका क्रममा काठमाडौंमा सहिद भएका अनिष पराजुलीको परिवारलाई सोमबार नगरपालिकाको १८ औं नगरसभाको अवसरमा एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

पुस २९, २०८२

हरिराम उप्रेती

Palungtar donates Rs 100,000 to Genji martyr's family

गोरखा — भदौ २३ मा भएको जेनजी अन्दोलनका क्रममा निधन भएका पालुङटार नगरपालिका–३ बर्देडााडाका अनिष पराजुलीका परिवारलाई नगरपालिकाले एक लाख सहयोग गरेको छ ।

पराजुलीकी आमा कृष्णमायाा पराजुलीलाई पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा पराजुलीको निधन भएको थियो । सोमबार नगरपालिकाको १८ औं नगरसभाको अवसरमा पराजुलीका परिवारलाई नगद रकम हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully