लमजुङकी घिमिरेले ०६० को बेनी आक्रमणमा सेनासँगको भिडन्तमा घाइते हुँदा एउटा खट्टा गुमाएकी थिइन् ।
पोखरा — सशस्त्र द्वन्द्वमा एउटा खुट्टा गुमाएकी गोमा घिमिरेलाई नेपाली कम्युनिस्ट पार्टीले गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ । नेकपाले महिलातर्फ उनलाई उम्मेदवार बनाएको हो ।
उनीसहित अन्यतर्फ नेकपाका कपिल लामाले उम्मेदवारी दर्ता गरेका छन् । लमजुङकी घिमिरेले ०६० को बेनी आक्रमणमा सेनासँगको भिडन्तमा घाइते हुँदा एउटा खट्टा गुमाएकी थिइन् ।
तत्कालीन माओवादी खुला राजनीतिमा आएपछि उनी पत्रकारितामा आबद्ध भएकी थिइन् । पछिल्लो समय करार कर्मचारीका रूपमा पोखरा महानगरमा कार्यरत थिइन् । करारका कर्मचारी कटौती गरेपछि उनले स्वयंसेवा गरिरहेकी थिइन् ।
