विषालु च्याउ खाँदा परिवार नै बिरामी

मकवानपुरको बाग्मती नगरपालिका–१३ घर भएका उनीहरु गोरखा नगरपालिका–१३ मा डेरा गरेर बस्दै आएका थिए ।

पुस २२, २०८२

हरिराम उप्रेती

Family falls ill after eating poisonous mushrooms

गोरखा — विषालु च्याउ खाँदा गोरखा नगरपालिका–१३ बस्ने हिरा पहरीका परिवार नै विरामी परेका छन् ।

सोमबार साँझ घर नजिकै रहेको परालको टौवामा उम्रेको च्याउको तरकारी खाँदा पहरीका परिवार नै बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

मकवानपुरको बाग्मती नगरपालिका–१३ घर भएका उनीहरु गोरखा नगरपालिका–१३ मा डेरा गरेर बस्दै आएका थिए ।

विषालु च्याउ खाँदा हिरा पहरी, उनका १२ वर्षीय छोरा किसान पहरी, ६ वर्षका छोरा हिमाल पहरी र ५ वर्षकी छोरी सुजता पहरी बिरामी परेका हुन् । 

उनीहरुको तनहुँस्थित आवुँखैरेनी अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully