प्रतिनिधिसभाका दुई क्षेत्र रहेको पूर्वी नवलपरासीमा २०७९ मा दुवै क्षेत्रमा कांग्रेसले जितेको थियो।
नवलपरासी — पूर्वी नवलपरासीमा नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा निर्वाचनका लागि १० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट लोकप्रसाद भुर्तेल, तुलसीराम भुसाल, रमिला भुजेल, अनु न्यौपाने, र भुवन पौडेलको नाम सिफारिस भएको हो।
नेकपा नेता धनप्रसाद सापकोटाका अनुसार क्षेत्र नम्बर २ बाट गणेशमान महतो, दुर्गादत्त भण्डारी, सरला खनाल, खेमराज पोख्रेलको नाम केन्द्रमा सिफारिस भएको छ।
प्रतिनिधिसभाका दुई क्षेत्र रहेको पूर्वी नवलपरासीमा २०७९ को निर्वाचनमा दुवै क्षेत्र नेपाली कांग्रेस विजयी भएको थियो।
