पार्टीको जिल्ला कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष केसीसहित तीन जनाको नाम सिफारिस गरेको हो ।
काठमाडौँ — नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीसहित तीन जनाको नाम सिफारिस भएको छ ।
पार्टीको जिल्ला कमिटीको आइतबार बसेको बैठकले अध्यक्ष केसीसहित तीन जनाको नाम सिफारिस गरेको हो । केसीसहित केन्द्रीय सदस्य मनाकुमारी केसी र पूर्वकेन्द्रीय सदस्य इन्द्रलाल सापकोटाको नाम पनि सिफारिस गरिएको छ । जिल्ला कमिटीले सिफारिस गरेका नामहरु पार्टीको गण्डकी प्रदेश कमिटीमा पठाइएको केसीले बताए ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को शनिबारको बैठकले उनीहरुको नाम जिल्ला कमिटीमा पठाएको थियो । केसी जिल्लामा दोस्रो कार्यकालका अध्यक्ष हुन् । गत निर्वाचनमा उनी प्रदेशसभातर्फ उम्मेदवार थिए ।
