चुमनुब्रीका विद्यार्थीलाई अपराध न्यूनीकरण र सडक सुरक्षाबारे सचेतना

पछिल्लो समय मोबाइल र इन्टरनेटको प्रयोगबाट भइरहेको साइबर अपराध न्यूनीकरणका विषयमा विशेष जोड दिएर सचेतना प्रदान गरिएको थियो।

पुस १९, २०८२

हरिराम उप्रेती

Awareness on crime reduction and road safety for students in Chumnubri

गोरखा — दुर्गमको चुमनुब्री–३ सिर्दिवासस्थित फिलिमको बुद्ध माविमा प्रहरीले अपराध न्यूनीकरण, ट्राफिक तथा सडक सुरक्षाबारे सचेतनामूलक प्रशिक्षण दिएको छ।

प्रशिक्षणमा पछिल्लो समय मोबाइल र इन्टरनेटको प्रयोगबाट भइरहेको साइबर अपराध न्यूनीकरणका विषयमा विशेष जोड दिएर सचेतना प्रदान गरिएको थियो।

बाल यौन दुर्व्यवहार, बालविवाह, लैङ्गिक र घरेलु हिंसा, सामाजिक कुरुतीलगायतका विषयमा कानुनी साक्षरता प्रदान गरिएको जिल्ला प्रहरी गोरखाका निरीक्षक सरोज कार्कीले बताए।

साइबर जोखिम, लागुऔषध, हिंसा, दुर्व्यवहार जस्ता चुनौती फैलिरहेकाले आत्म सुरक्षा सम्बन्धी ज्ञान दिन पनि आवश्यक रहेको उनले बताए । ३ वर्ष अघिमात्र सडक सञ्जाल विस्तार भएको चुमनबव्रीका विद्यार्थीलाई सडक सुरक्षाबारे पनि सचेतना दिइएको छ। 

जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरज अर्यालले ट्राफिक चिन्ह, सडक सुरक्षा, सडक सुरक्षामा विद्यार्थीको भूमिकाका बारेमा सचेतना दिए ।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully