गण्डकी प्रदेशबाट रास्वपाको समानुपातिक सूचीमा १० जना

गण्डकी प्रदेशमा रास्वपाको बलियो संगठन भएको मानिने पूर्वी नवलपरासीबाट भने समानुपातिक सूचीमा कोही अटाएका छैनन्।

पुस १५, २०८२

नारायण शर्मा

10 candidates in RSVP's proportional list from Gandaki Province

नवलपरासी — प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशका ११ जिल्लाबाट १० जना समेटेको छ ।

रास्वपाका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा रुपक विक घिमिरे र किशोर गन्धर्व, गाेरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दिपककुमार बोगटी, बाग्लुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ । तनहुँबाट ३ जना र कास्कीबाट २ जना परेका छन् ।

गण्डकी प्रदेशमा रास्वपाको बलियो संगठन भएको मानिने पूर्वी नवलपरासीबाट भने समानुपातिक सूचीमा कोही अटाएका छैनन्। 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully