सिफारिस गरिएकामध्ये धनञ्जय दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । भगवती थापा क्षेत्री (कल्पना) हालै निर्वाचित पार्टी केन्द्रीय सदस्य हुन् ।
लमजुङ — फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) लमजुङले समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीले खुलातर्फ धनञ्जय दवाडी, मोहनहरि पौडेल र फूलबहादुर थापाको नाम सिफारिस गरेको छ । आदिवासी जनजातितर्फ प्रेमबहादुर घले र महेन्द्रलाल श्रेष्ठ सिफारिस भएका छन् ।
यस्तै, महिलातर्फ भगवती थापा क्षेत्री (कल्पना) र लक्ष्मीदेवी अधिकारी तथा दलिततर्फ नन्दराम विश्वकर्माको नाम सिफारिस गरिएको छ ।
सिफारिस गरिएकामध्ये धनञ्जय दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । भगवती थापा क्षेत्री (कल्पना) हालै निर्वाचित पार्टी केन्द्रीय सदस्य हुन् ।
जिल्ला अध्यक्ष राजकुमार विष्टका अनुसार केन्द्रबाट प्रदेश कमिटी अध्यक्षलाई नामावली पठाउन निर्देशन आएपछि प्रदेश अध्यक्षले जिल्ला कमिटीसाग नाम माग गरेका थिए ।
त्यसअनुसार जिल्लाबाट निर्वाचित केन्द्रीय नेतृत्व तथा सदस्यहरु र जिल्ला नेतृत्वसंग परामर्श गरी नामावली सिफारिस गरिएको उनले बताए ।