दुर्घटनामा बाबुको मृत्यु, छोरी गम्भीर घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीका अनुसार बुधबार साँझ रजहर बजारमा एक भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ५७ वर्षीय रसबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

पुस ९, २०८२

नारायण शर्मा

Father dies in accident, daughter seriously injured

नवलपरासी — पूर्वी नवलपरासीको रजहरमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ छोरी गम्भीर घाइते भएकी छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीका अनुसार बुधबार साँझ रजहर बजारमा एक भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ५७ वर्षीय रसबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उनकी २२ वर्षीया छोरी हेमा गम्भीर घाइते छन् । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।

बुधबार साँझ रसबहादुरले चलाएको मोटरसाइकललाई भारतीय मालबहाक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेका बाबुछोरीको स्थायी बसोबास लमजुग रहेको र हाल कावासोती नगरपालिका ५ मा बस्दै आएको प्रहरीले जनाएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully