घटना स्थलमा रहेको मोबाइल भने वारपाक सुलिकोट–३ का ४० वर्षीय जंगबहादुर गुरुङको रहेको खुलेको छ । उनी पनि साउनदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
गोरखा — गोरखा नगरपालिका–५ स्थित चिल्ड्रेन पार्क नजिकैको लसुने जंगलमा मानव कंकाल फेला परेको छ । सोमबार मानव कंकालसँगै १ थान किप्याड मोबाइल, जुत्ता, ट्रयाक र कमिजसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।
कंकालको पहिचान भइनसकेको पनि उनले बताए । ‘एक जना महिला घाँस काट्न गएका बेला मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्, प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ,’ उनले भने ।
घटनास्थलमा रहेको मोबाइल भने वारपाक सुलिकोट–३ का ४० वर्षीय जंगबहादुर गुरुङको रहेको खुलेको छ । उनी पनि साउनदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । ‘उहाँको परिवारलाई बोलाएर सनाखत गर्ने काम भइरहेको छ,’ उनले भने ।
मानव कंकाल गोरखा अस्पतालमा ल्याइएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
