ढुंगा खस्दा दोभान–जगत सडक अवरुद्ध

लार्के सडकको चुमनुब्री–३ पाङसिङसम्म ट्रयाक खुलेसँगै हिउँदमा जिप, ट्याक्टरलगायतका साधन संचालन हुँदै आएका छन् ।

पुस ४, २०८२

हरिराम उप्रेती

Dobhan-Jagat road blocked due to rockfall

गोरखा — बेनीघाट–आरुघाट–लार्के सडक खण्ड अन्तरगत कालोभीरमा ढुंगा खस्दा दोभान–जगत खण्ड अवरुद्ध बनेको छ ।

धार्चे–३ कालोभीरमा ढुङ्गा खसेर सडक अबरुद्ध वनेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । 

ढुङ्गा पन्छाउन ब्रेकर लगाउनुपर्ने भएकाले सडक केही दिन अवरुद्ध हुने उनले बताए । ‘गए राति भीरबाट ढुङ्गा खसेको रहेछ, मोटरसाइकल पनि छिर्न नसक्ने गरेर ठूला दुई वटा ढुङ्गा सडकमै छन्,’ उनले भने,‘ढुङ्गा फुटाल्न मेसिन बोलाएका छौं । पन्छाएपछि बल्ल गाडी आवतजावत हुन्छ ।’

लार्के सडकको चुमनुब्री–३ पाङसिङसम्म  ट्रयाक खुलेसँगै हिउँदमा जिप, ट्याक्टरलगायतका साधन संचालन हुँदै आएका छन् । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully